Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्य बीमामा सुधारको तयारी, मन्त्री पौडेलले बुझाए प्रधानमन्त्री ओलीलाई कार्ययोजना

स्वास्थ्य बीमामा सुधारको तयारी, मन्त्री पौडेलले बुझाए प्रधानमन्त्री ओलीलाई कार्ययोजना

बुधवार , माघ १६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्।

मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्।

सरकारले अब मन्त्रिपरिषद् बैठकमा यो कार्ययोजनामाथि छलफल गरी स्वास्थ्य बीमामा सुधार गर्ने तयारी थालेको छ।

स्वास्थ्यमन्त्री पौडेलले यसअघि नै स्वास्थ्य बीमाको रकम बढाएर पाँच लाख रुपैयाँ पुर्याउने तयारी भइरहेको बताएका थिए।

प्रधानमन्त्रीसमक्ष पेस गरिएको प्रतिवेदनमा पनि बीमा रकम पाँच लाखसम्म पुर्याउन सकिने आधारहरु प्रस्तुत गरिएको छ।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइनेछ। यसका लागि संसदको आगामी अधिवेशनमा विधेयक पेस गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077