Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

२९ वटा कार्यजिम्मेवारी तर ध्यान सरुवामा मात्रै

२९ वटा कार्यजिम्मेवारी तर ध्यान सरुवामा मात्रै

बिहिवार , माघ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवको अध्यक्षतामा बस्ने गरेको सचिव बैठकले बारम्बार कर्मचारी सरुवा नीति र मापदण्ड बनाएरमात्रै सरुवा गर्ने भनेर निर्णय गरे पनि सो निर्णय बारम्बार उल्लंघन हुँदै आएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य ध्यान नै कर्मचारी सरुवामा केन्द्रित हुने गरेको छ तर उसले गर्ने धेरै सरुवा नियमविपरीत हुने गरेका छन् । मन्त्रालयले सरुवा मापदण्डसमेत बनाउन सकेको छैन।

मुख्य सचिवको अध्यक्षतामा पटकपटक बस्ने बैठकको निर्णयको अवज्ञा पनि यही मन्त्रालय र मन्त्रालयका सचिवले गर्दै आएका छन् । यद्यपि, मन्त्रालयमा सचिवको फेरबदल पनि छिटो छिटो हुने गरेको छ।

निजामती सेवा ऐन र नियमावलीले कर्मचारी सरुवाको समयसमेत स्पष्ट रूपमा तोकिदिएको छ। रिक्त स्थानमा बाहेक सरुवा अदलीबदली गर्न सामान्य प्रशासन मन्त्रालयले समेत निश्चित समय कुर्नुपर्ने हुन्छ।

ऐन र नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले पनि हरेक महिनाको भदौमा मात्रै कर्मचारी सरुवा गर्न पाउँछ तर यो नियमविपरीत सामान्यले बाह्रैमास कर्मचारीको सरुवा गर्ने गरेको छ।

मन्त्रालयका कर्मचारीका अनुसार सरुवामा आर्थिक चलखेलसमेत हुने भएकाले सरुवामा मन्त्रीलगायतका उच्च पदस्थको बढी रुचि हुने गरेको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077