Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकामा विमान हेलिकप्टरसँग ठोक्किँदा दुर्घटना, नदीमा खोजी जारी

अमेरिकामा विमान हेलिकप्टरसँग ठोक्किँदा दुर्घटना, नदीमा खोजी जारी

बिहिवार , माघ १७, २०८१

एजेन्सी । अमेरिकामा एक यात्रुवाहक विमान दुर्घटनामा परेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार राजधानी वाशिङ्टन नजिकको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक यात्रुवाहक विमान अवतरण गर्दै गर्दा हेलिकप्टरसँग ठोक्किएको हो ।

वाशिङ्टन, डीसी प्रहरीले एक्समा जहाज दुर्घटनापछि पोटोम्याक नदीमा खोजी तथा उद्धार कार्य चलिरहेको जानकारी दिएको छ ।

दुर्घटनामा हालसम्म कुनै मृत्यु वा घाइतेको जानकारी आएको छैन, तर विमानस्थलबाट उडान र अवतरण सबै रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077