Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकी हवाई दुर्घटनामा ६७ जनाकै मृत्युको आशंका, नदीबाट ४० शव निकालियो

अमेरिकी हवाई दुर्घटनामा ६७ जनाकै मृत्युको आशंका, नदीबाट ४० शव निकालियो

शुक्रवार , माघ १८, २०८१

एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० भन्दा बढी शव निकालिएको छ ।

चालक दलसमेत ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर स्थानीय समयानुसार बुधबार राति ९ बजे वासिङ्टन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलनजिकै आकासमा ठोकिएर पोटोम्याक नदीमा खसेका थिए ।

दुर्घटनामा कोही पनि जीवित नरहेको निष्कर्षमा अधिकारीहरू पुगेका छन् ।

दुर्घटनामा परेका यात्रुको उद्धार जारी रहेको अमेरिकी अधिकारीले बताएका छन्। आकाशमा दुर्घटना भएपछि विमानका दुई ठुला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077