Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकी जहाज दुर्घटना : नदीबाट निकालियो ४० शव

अमेरिकी जहाज दुर्घटना : नदीबाट निकालियो ४० शव

शुक्रवार , माघ १८, २०८१

एजेन्सी । अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ।

नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाको शव फेला परेको हो। १७ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको भनिएको छ।

वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विचिटाबाट आएको अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो।

आकाशमै ठोक्किएका जहाज र सेनाको ब्ल्याक हक हेलिकप्टर आगोको लप्टोसहित पोटोम्याक नदीमा खसेको थियो।

जहाजमा चालकदलका ४ सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन जना सैनिक सवार थिए। उनीहरू सबैको मृत्यु भएको भनिएपनि सबैको शव फेला परेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077