Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रास्वपाको अवरोध

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रास्वपाको अवरोध

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक शुरु हुनासाथ उठेर विरोध जनाएको छ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो।

रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठकलाई अगाडि बढाउन आग्रह गरिरहेका छन्।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्।

उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई भनेका हुन् ।

रास्वपाले सभापति रवि लामिछानेलाई सांसद पदबाट कानून विपरित निलम्बन गरेको भन्दै रास्वपाले विरोध जनाउने निर्णय गरेको थियो। आज नै लामिछानेले निलम्बन फुकुवाको निवेदन सभामुखकहाँ बुझाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077