Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

रास्वपाका सांसदद्धारा प्रतिनिधिसभा बैठक बहिस्कार

रास्वपाका सांसदद्धारा प्रतिनिधिसभा बैठक बहिस्कार

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका रास्वपा सांसदहरुले बैठक नै बहिस्कार गरेर निस्कीएका हुन् ।

कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरुले आसनबाट उठेर विरोध गरेका थिए ।

सभामुखले उनीहरुलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबीच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरु पढेर सुनाएका थिए।

सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरुले होहल्ला गर्दै बैठक छाडेर निस्केका छन् ।

रास्वपा सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077