Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सत्ताको नाउमा प्वाल पारेर अर्कै डुंगा चढ्ने स्थितिबाट मुक्त भयौं : प्रधानमन्त्री ओली

सत्ताको नाउमा प्वाल पारेर अर्कै डुंगा चढ्ने स्थितिबाट मुक्त भयौं : प्रधानमन्त्री ओली

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि दायाँबायाँ गरिरहने प्रवृत्तिको अन्त्य भएको बताएका छन् ।

संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संकेत गर्दै सरकार बदलिइरहने अवस्थाको अन्त्य भएको बताए ।

प्रधानमन्त्री ओलीले भने,‘सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुंगामा चलाउने र मुलुक एवं जनतालाई तिस्कार गर्दै सत्ताको पत्ता खेलिरहने विद्रुप स्थितिमा बन्ध्याकरण भएको छ । संसद्‍बाट बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौ ।’

आफू प्रधानमन्त्री भएको ६ महिनामा संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको यो सुखद पक्ष भएको बताए। ओलीले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077