Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - सरकारको मूल्यांकन गर्न ६ महिना पर्याप्त छैन

कांग्रेस सभापति देउवाले भने - सरकारको मूल्यांकन गर्न ६ महिना पर्याप्त छैन

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको मूल्यांकन गर्न ६ महिना पर्याप्त नरहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहे पनि आर्थिक अवस्था सुदृढ हुन नसकेको उनको भनाई छ ।

सभापति देउवाले आर्थिक अवस्था सुदृढ नहुँदा विकास वा समृद्धिको यात्रा चाहनाअनुसार अगाडी बढ्न नसकिएको बताए।

सभापति देउवाले भने,‘हाम्रो देशको आर्थिक अवस्था उकास्न जरूरी छ। हालै सरकारले व्यवसायिक वातावरण प्रवर्द्धन गर्न, देशभित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ। यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास गरेको छु।’

यी कानुनहरूले आर्थिक क्षेत्रमा क्रियाशील नीजि क्षेत्र उत्साहित र सकारात्मक भएको उनले बताए। ती अध्यादेशहरू सदनबाट स्वीकृत हुने सभापति देउवाको विश्वास छ।

फरक प्रसंगमा उनले राजनीतिक दलहरूको सहमतिका आधारमा संविधान संशोधन हुने बताए। संविधान संशोधन गर्न छलफल प्रारम्भ भएको उनले बताए।

सभापति देउवाले अहिलेको सरकारले ६ महिनामा राम्रा काम गरेको र भविष्यमा पनि असल परिणाम दिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077