Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रधानमन्त्रीको वरिपरिकाले नै भ्रष्टाचार गरिरहेका छन् : राजेन्द्र लिङ्देन

प्रधानमन्त्रीको वरिपरिकाले नै भ्रष्टाचार गरिरहेका छन् : राजेन्द्र लिङ्देन

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली वरिपरिकै मान्छेहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा लिङ्देनले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको बताए ।

अध्यक्ष लिङ्देनले भने,‘तपाईंको यो ६ महिने कार्यकालमा अहिले पनि तपाईंको वरिपरिका मान्छेहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदमा करोड–करोड अफर गरिरहेका छन् । तपाईंले धक्कुका साथ भन्नुभयो म भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ भनेर । तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईंको वरिपरिकाले गरिरहेका छन् ।’

उनले प्रधानमन्त्री सूचनाबाट बाहिर भएको पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आफूले भ्रष्टाचार गरेको भए देखाउन चुनौती दिएका थिए ।

राप्रपा अध्यक्ष लिङ्देनले भने अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा नै लागिरहेको जस्तो लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077