एजेन्सी । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एक सानो विमान दुर्घटना भएको छ ।
शुक्रबार राति रुजबेल्ट मल नजिकै सडकमा विमान दुर्घटना भएको हो। दुर्घटना पश्चात् नजिकैका कार र घरहरूमा आगो लागेको छ।
फक्स न्यूजका अनुसार, उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडेको विमानमा दुई जना यात्रु थिए र साँझ ६ः३० बजे दुर्घटना भएको हो विमानमा दुई जना सवार भएको पुष्टि भएको छ, तर उनीहरूको अवस्था अहिलेसम्म थाहा छैन ।
उद्धार कार्य जारी छ। यसअघि अमेरिकी एयरलाइन्सको यात्रुवाहक विमान र आर्मीको ब्ल्याक हक हेलिकप्टरबीचको ठक्करपछि ६७ जनाको मृत्यु भएको थियो ।