Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सहकारी बचतकर्ताको रकम सञ्चालकले नै अपचलन गरे : देउवा

सहकारी बचतकर्ताको रकम सञ्चालकले नै अपचलन गरे : देउवा

शनिवार , माघ १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी क्षेत्रमा देखिएको विकृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।

‘कांग्रेस र सहकारी’ विषयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले सहकारीमा जनताको बचतको सुरक्षा गराउन सक्नुपर्ने बताए।

सभापति देउवाले भने, ‘आम नागरिकले दुख गरेर सहकारीमा जम्मा गरेका लाखौं बचतकर्ताहरुको रकम सञ्चालनहरुले अपचलन गरेका छन्। त्यसको सुरक्षाको ग्यारेन्टी गराउँनुपर्छ र आजको आवश्यकता पनि त्यही हो।’

सरकारले समयअनुकुल सहकारी मैत्री ऐन बनाउन आवश्यक ठानेर अध्यादेश ल्याएको बताए। सहकारी क्षेत्रको गुणत्मक सुधार हुँदा समग्र अर्थतन्त्रमै सुधार आउने सभापति देउवाको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077