Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागेको छ : नारायणकाजी श्रेष्ठ

सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागेको छ : नारायणकाजी श्रेष्ठ

शनिवार , माघ १९, २०८१

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप लगाएका छन् ।

सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यमा नलागेको बताए।

श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागिरहेको आरोप लगाए ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘परिवर्तनका लागि जति आह्वान गरे पनि, सरकार जनताको पक्षमा काम गर्न सकेको छैन। भ्रष्टाचार नियन्त्रणको लागि कुनै वास्तविक प्रयास भएको छैन। सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न सकेको छैन। सुशासन र पारदर्शिता लागू गर्न आवश्यक छ, तर अहिलेको शासनले त्यसतर्फ ध्यान दिइरहेको छैन।’

समाजवादको आधार तय गर्ने काम जनताको जागरण अभियानबाटै सम्भव भएको उनको भनाई छ। सरकारले जनताको वास्तविक चाहनाहरूसँग मेल खाएर काम गर्न सकेमात्र देशमा वास्तविक परिवर्तन ल्याउन सकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077