Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

पार्टीका मन्त्रीहरूलाई राम्रो काम गर्न गगन थापाको निर्देशन

पार्टीका मन्त्रीहरूलाई राम्रो काम गर्न गगन थापाको निर्देशन

शनिवार , माघ १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका मन्त्रीहरूलाई राम्रो काम गर्न निर्देशन दिएका छन्।

शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्। उनले मौका आएको बेलामा काम गर्न निर्देशन दिए।

महामन्त्री थापाले आफैं सत्तामा भएर यो भएन, त्यो भएन भन्नु भन्दा काम गरेर राम्रो अंक ल्याउन निर्देशन दिए।

महामन्त्री थापाले भने,‘पद हामीले लिने अनि बाहिरको मान्छेले गाली गर्छ ठीक छ त। हामीले नै यो पनि भएन त्यो पनि भएन भन्ने ? गर्ने चाहिं कल्ले हो त ?’

उनले कांग्रेसबाट संघमा प्रतिनिधित्व गर्ने मन्त्री तथा प्रदेशका मुख्यमन्त्रीको नामै किटान गरेर यो मौका भएकोले काम गरेर देखाउनु पर्ने बताए । उनले मन्त्री र जनप्रतिनिधिहरुलाई ०८४ मा गरौंला भनेर नपर्खिन आग्रह गरे ।

उनले अहिले संघीय सरकारमा बसेर कांग्रेसले बनाउने रिपोर्ट कार्डमा राम्रो अंक ल्याउने गरी काम गरिरहेको दाबी पनि गरे। अहिले काम गरेर ०८४ को चुनावमा जाने तयारी कांग्रेसको रहेको महामन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077