Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सहकारी अध्यादेशका केही प्रावधान संशोधन गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव

सहकारी अध्यादेशका केही प्रावधान संशोधन गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव

शनिवार , माघ १९, २०८१

काडमाडौं । नेकपा एमालेले सहकारी अध्यादेशका केही प्रावधान संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुझाव दिएको हो।

सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी र महासंघ अध्यक्ष ओमदेवी मल्लले आज बेग्लाबेग्लै पत्र हस्तान्तरण गरी अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण हिस्सा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भएपनि कतिपय व्यवस्था परिवर्तन योग्य विषयबारे ध्यानाकर्षण गराए ।

कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ।

सुझाव ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयक ल्याउँदा यी विषयमा छलफल गरिने र संयुक्त सरकार भएकाले राजनीतिक दलसँग पनि परामर्श गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077