Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हमासद्वारा थप तीन बन्धक रिहा

हमासद्वारा थप तीन बन्धक रिहा

शनिवार , माघ १९, २०८१

एजेन्सी । युद्धविराम सम्झौताअनुसार हमासले थप तीन बन्धक रिहा गरेको छ ।

हमासले शनिबार थप तीन जना बन्धक छाडेको हो। बन्धकमुक्त हुनेहरू तीनै जना पुरूष छन् भने सबै इजरायली नागरिक हुन्। यो साता हमासले दोस्रो पटक बन्धक रिहा गरेको हो

। हमासले बन्धकमुक्त गर्नेको सूची शुक्रबार नै कतार र इजिप्टमार्फत इसराइललाई दिएको थियो। रिहा हुनेमा ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन बिबस छन्।

सेइगल अमेरिकी मूलका इसराइली हुन्। २०२३ को अक्टोबर ७ मा उनलाई किब्बुज काफर अजाबाट हमासले बन्धक बनाएर गजा पुर्‍याएको थियो।

त्यतिबेला उनकी श्रीमती अविवालाई पनि हमासले बन्धक बनाएको थियो। अविवा नोभेम्बरको युद्धविराममा बन्धकमुक्त भइसकेकी छन्।

कलडेरन किब्बुज निर ओजबाट दुई बच्चाबच्चीसहित अपहरणमा परेका थिए। उनका दुई बच्चाबच्चीलाई हमासले यसअघि नै बन्धकमुक्त गरिसकेको छ।

हमासले बिबससँगै उनकी श्रीमती सिरी तथा दुई सन्तानहरू एरिल र कफिरलाई पनि बन्धक बनाएर गजा पुर्‍याएको थियो। ४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन् भने २ हजार भन्दा बढी प्यालेस्टिनीहरूक कैदमुक्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077