Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेसको भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसको भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

शनिवार , माघ १९, २०८१

काठमाडौँ । नेपाली कांग्रेसको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले शनिबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभागमा १० जना सदस्यलाई मनोनयन गरेका हुन् ।

मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौँ), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौँ), सरिता बिसी (रुकुम पूर्व), विजयजङ्ग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077