Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

आइतवार , माघ २०, २०८१

धनुषा । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध जिल्ला अदालत रौतहटमा अवहेलनाको रिट दर्ता भएको छ।

अदालतको अपमान गरेको भन्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका साहविरुद्ध बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले मुद्दा दर्ता गराएका हुन्।

साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए ।

आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर गत शुक्रबार मुद्दा दर्ता भएको हो । उक्त मुद्दामा आज सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077