Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस नेता निधि भन्छन् - संविधान संशोधनको बहस हुनै छोड्यो

कांग्रेस नेता निधि भन्छन् - संविधान संशोधनको बहस हुनै छोड्यो

आइतवार , माघ २०, २०८१

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताएका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले सो कुरा बताएका हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको गुनासो गरे ।

नेता निधिले संविधान संशोधनको मुद्दालाई नेपाली कांग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताए ।

नेता निधिले संविधान संशोधनको लागि दुई तिहाइ आवश्यक रहेको भएपनि कानुन निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताए।

संविधान संशोधन र कानुन निर्माण पनि उत्तिकै आवश्यक रहेको नेता निधिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077