Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लुम्बिनी प्रदेश सरकारले दियो भोलि सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले दियो भोलि सार्वजनिक बिदा

आइतवार , माघ २०, २०८१

देउखुरी । लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

प्रदेश स्थापना दिवसको अवसरमा सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ।

यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवस र सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो।

गतवर्षदेखि दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको थियो।

सोही अनुरुप आइतबारदेखि मंगलबार सम्म विभिन्न कार्यक्रम आयोजना गरिएका छन् भने सोमबार स्थापना दिवसको विशेष समारोह आयोजना गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुखको विशेष उपस्थितीमा प्रदेशसभा सचिवालय परिसरमा प्रदेश स्थापना दिवस समारोह आयोजना गरिएको छ।

स्थापना दिवसको मुल समारोहमा बाजागाजा सहितको झाँकी प्रदर्शन गर्नुका साथै विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077