Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

राष्ट्रियसभा बैठकमै ढले कांग्रेस सांसद भट्ट

राष्ट्रियसभा बैठकमै ढले कांग्रेस सांसद भट्ट

आइतवार , माघ २०, २०८१

काठमाडौं । राष्ट्रियसभाको बैठक चलिरहँदा एक जना सांसद बैठकमै ढलेका छन् ।

बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट उक्त रक्तचापका कारण बैठकमै ढलेका हुन् ।

उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए ।

उनी अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिएका थिए।

शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो। चक्कर लागेका भट्टलाई कांग्रेसका सांसद किरणबाबु श्रेष्ठ लगायतले डोहोर्‍याउँदै बैठक कक्ष बाहिर लगेका थिए।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077