Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

समाजको नेतृत्व गर्न वैचारिकरूपमा स्पष्ट हुनुपर्छ : प्रदीप ज्ञवाली

समाजको नेतृत्व गर्न वैचारिकरूपमा स्पष्ट हुनुपर्छ : प्रदीप ज्ञवाली

आइतवार , माघ २०, २०८१

रामेछाप । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको बताएका छन्।

नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताएका हुन्।

उनले विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने बताए। अधिकारको लडाई लडेका नेपाली राजनीतिक दल अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नु पर्ने उपमहासचिव ज्ञवालीको भनाई छ।

उपमहासचिव ज्ञवालीले भने,‘यसको लागि हामीले नयाँ सोच आवश्यक छ, अब हामीलाई समृद्धिको स्किल आवश्यक छ। के चाहिँ राम्रो हो भन्ने कुरा थाहा पाउन पनि दृष्टिकोण चाहिन्छ, दृष्टिकोण नै नभए पछि राम्रो नराम्रो छुट्याउन सकिँदैन, सही र गलत छुट्याउन नसक्नेले कसरी समाज परिवर्तन गर्न सक्छ ?’

दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने ज्ञवालीले बताए।

अहिले सामाजिक सञ्जालमार्फत सूचना भन्दा बढी मिस इन्फरमेसन र डिस इन्फरमेशन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने काम गरेको बताए ।

उपमहासचिव ज्ञवालीले परिवर्तनको गतिसँग कार्यकर्तालाई अघि बढ्न निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077