काठमाडौं । नेकपा एमालेबाट निस्कासित भीम रावलको पछि लागेको भन्दै पूर्वसांसदसहित ५ जना एमालेको कारबाहीमा परेका छन् ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौ सचिवालय बैठकले सचेत गराउँदा रावलको अभियानमै रहिराखेको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै ५ जना नेतालाई साधरण सदस्यबाटै हटाइएको हो ।
रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै निस्कासित गरिएका नेताहरूमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर रहेका छन् ।
उनीहरू सुदूरपश्चिम प्रदेशका पूर्व सांसद हुन् । त्यस्तै प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाईलाई पनि एमालेले पार्टीबाट निष्कासन गरेको छ ।