Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जसपा नेपालको कार्यकारिणी समिति बैठक लम्बियो

जसपा नेपालको कार्यकारिणी समिति बैठक लम्बियो

आइतवार , माघ २०, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनका लागि लम्बिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुंगिएकोले बैठक लम्बिएको हो ।

ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्नेगरी आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा पार्टी सुदृढीकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन विस्तार अभियानको समीक्षा भएको छ । क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निस्कर्ष निकालिएको जनाइएको छ ।

यसअघि पहिलो र दोस्रो दिन सदस्यहरूले आ–आफ्नो जिम्मेवारी र तोकिएको क्षेत्रगत अभियानको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077