Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्रम्पलाई मेक्सिकोको चेतावनी - सार्वभौमसत्तासँग कुनै सम्झौता हुन सक्दैन

ट्रम्पलाई मेक्सिकोको चेतावनी - सार्वभौमसत्तासँग कुनै सम्झौता हुन सक्दैन

सोमवार , माघ २१, २०८१

एजेन्सी । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले देशको सार्वभौमसत्तासँग कुनै सम्झौता नहुने स्पष्ट पारेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा २५ प्रतिशत कर लगाएकोमा मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले मेक्सिकोले कुनै पनि प्रकारको द्वन्द्व नचाहेको बताउँदै हिम्मतको कमी नहुने चेतावनी दिएकी हुन् ।

राष्ट्रपति शिनबामले आफूलाई जनताको समर्थन रहेको र आफू एक्लै नभएको बताइन् ।

''संयुक्त राज्य अमेरिकाको तर्फबाट मेक्सिको सरकारको आपराधिक संगठनहरूसँग मिलेर भएको आरोपलाई अस्वीकार गर्छौं । सार्वभौमसत्तासँग कुनै सम्झौता हुन सक्दैन,” उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077