एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने चेतावनी दिएका छन् ।
दक्षिण अफ्रिकाले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भन्दै ट्रम्पले सहायता रोक्ने चेतावनी दिएका हुन् ।
‘दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको छ र केही विशेष वर्गका व्यक्तिहरुसँग नराम्रो व्यवहार गरिरहेको ट्रम्पले भनेका छन् ।
उनले यससम्बन्धी अध्ययन पूरा नभएसम्मका लागि दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै सहायता बन्द गरिदिने उल्लेख गरेका छन् ।