Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यूएसएआईडीबारे मस्कले भने - यो आपराधिक संगठन बन्द गर्ने समय आयो

यूएसएआईडीबारे मस्कले भने - यो आपराधिक संगठन बन्द गर्ने समय आयो

सोमवार , माघ २१, २०८१

एजेन्सी । अमेरिकी सरकारी दक्षता विभागका निर्देशकसमेत रहेका खर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) आपराधिक संगठन भएको बताएका छन् ।

आफ्नै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मस्कले सो कुरा बताएका हुन् । मस्कले एक्समा लेखेका छन्, ‘यूएसएआईडी एक आपराधिक संगठन हो, अब यसलाई बन्द गर्ने समय आइसकेको छ ।’

मस्कले यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यूएसएआईडीलाई बन्द गर्ने निर्णयमा समर्थन जनाएको उनको भनाइ छ ।

संसदीय स्विकृतिबेगर संघीय निकाय बन्द गर्ने कानुनी अधिकार के हो भन्नेबारे मस्कले आफ्नो पोस्टमा केही पनि उल्लेख गरेका छैनन् ।

यो प्रक्रिया कहिलेदेखि शुरु गर्ने भन्ने पनि खुलाएका छैनन् । यस विषयमा ट्रम्पसँगै धेरैपटक छलफल भएको र यसमा राष्ट्रपतिको पूर्ण समर्थन रहेको मस्कको दाबी छ । अहिले यूएसएआईडीको वेबसाइड बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077