Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

वाग्मती प्रदेशसभाद्वारा सर्वदलीय बैठक आह्वान

वाग्मती प्रदेशसभाद्वारा सर्वदलीय बैठक आह्वान

सोमवार , माघ २१, २०८१

काठमाडौं । वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सर्वदलीय बैठक आह्वान गरिएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मंगलबार दिउँसो ३ बजे बस्नेगरी सर्वदलीय बैठक आह्वान गरिएको जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाको माघ २३ गते मध्याह्न ११ बजे बस्ने बैठकका कामकारबाहीबारे बैठकमा छलफल हुनेछ ।

प्रदेश सरकारले ल्याएका विभिन्न चार वटा विधेयक तथा विभिन्न समितिमा छलफल भइ प्रतिवेदन तयार भएको केही विधेयकलाई पूर्ण बैठकमा छलफल गरी पारित गर्नुपर्ने भएकाले त्यसमा सहमतिका लागि सर्वदलीय बैठक आयोजना गरिएको सभामुख पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077