Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

भ्रष्टाचारीलाई जोगाउन रातारात कांग्रेस-एमाले मिले : प्रचण्ड

भ्रष्टाचारीलाई जोगाउन रातारात कांग्रेस-एमाले मिले : प्रचण्ड

मंगलवार , माघ २२, २०८१

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक दलका नेता, भूमाफिया र दलालहरूले देशको सुशासनविरुद्ध खेलिरहेको बताएका छन् ।

म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भूमाफिया र दलालहरूले सुशासनविरुद्ध खेलिरहेको बताएका हुन् ।

उनले भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि कांग्रेस-एमालेका ठूला नेताहरु पर्ने देखेपछि रातारात मिलेको दाबी गरे।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जालीझेली र ढाँटछल अरु कसैले गर्न नसक्ने बताए। उनले ओली संविधानविपरीत प्रधानमन्त्री बनेको समेत आरोप लगाए।

आफूले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएको प्रचण्डले दाबी गरे ।

अध्यक्ष प्रचण्डले बाहिर कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि बिचौलिया र दलालहरुले बनाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077