Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सञ्चारमन्त्री गुरूङ भन्छन् - टेलिकमको काममा समीक्षा आवश्यक

सञ्चारमन्त्री गुरूङ भन्छन् - टेलिकमको काममा समीक्षा आवश्यक

मंगलवार , माघ २२, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले आफ्ना कामको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा यहाँ मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टेलिकमको आम्दानी बर्सेनि घट्दै गएको र निजी क्षेत्रबाट सञ्चालित कम्पनी अगाडि आइरहेको सन्दर्भमा टेलिकमले गहिरो गरी समीक्षा गर्नुपर्ने बताए ।

“सरकारी कम्पनीमध्ये टेलिकमप्रति हामीले गर्व गरिरहेका छौँ, तर प्रतिस्पर्धी बजारमा यही पाराले टेलिकम चल्दैन, यही बेलामा हामीले समीक्षा गर्न सकिएन भने पछि पछुतो हुनसक्छ,” सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले भने ।

मन्त्री गुरूङले बढ्दो प्रविधिको प्रयोगलाई टेलिकमले अवलम्बन गर्दै सेवा विस्तार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077