Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

भीम रावलको गृहजिल्लामा बादल प्रवेश

भीम रावलको गृहजिल्लामा बादल प्रवेश

बुधवार , माघ २३, २०८१

अछाम । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा 'बादल' अछाम पुगेका छन् । पूर्व गृह एवं रक्षामन्त्री समेत रहेका बादल जिल्ला भेला र प्रशिक्षणका लागि अछाम आइपुगेका हुन् ।

आज जिल्ला कमिटी अछामले मंगलसेनमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । भेलालाई एमाले उपाध्यक्ष बादलले सम्बोधन गर्नेछन् ।

नेकपा एमालेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत अछाम जिल्लामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको बताइएको छ ।

पार्टी केन्द्रको निर्णय अनुसार नेकपा एमाले अछाम अहिले तीन महिने वडा केन्द्रित अभियानमा सक्रिय छ । यता एमालेबाट निष्कासनमा परेका भीम रावल दुई हप्ता अछाम बसेर फर्किएका छन् ।

रावल फर्किएपछि रावलको गृहजिल्लामा बादल प्रवेश गरेका हुन् । रावल मातृभूमि जागरण अभियान, नेपाल बोकेर गृहजिल्ला पुगेका थिए । उनले त्यहाँका विभिन्न स्थान र पालिकामा आफ्ना गतिविधि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077