काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दैछन् ।
संसद् बैठकअघि उनी बुधबार दिउँसो सिंहदरवारमा अध्यादेश लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।
बैठकमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतक सहभागी हुनेछन् ।
अध्यादेशको माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले चर्को विरोध गरिरहेका छन्। बिहीबार (भोलि) संसद् बैठक बस्दैछ।