काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले भोलि संसद बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
उनले समसामयिक विषयमा आफ्नो धारणा र सरकारलाई सुझाव दिने छन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु भएको छ ।
अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, अध्यक्ष प्रचण्ड भने बोलेका थिएनन्।