Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

रास्वपाले अध्यादेशविरुद्ध सदनमा सशक्त रूपमा धारणा राख्ने

रास्वपाले अध्यादेशविरुद्ध सदनमा सशक्त रूपमा धारणा राख्ने

बुधवार , माघ २३, २०८१

काठमाडौं । रास्वपाले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा सशक्त रूपमा धारणा राख्ने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दल बैठकले ६ वटा अध्यादेशविरुद्ध विरोधका सूचना दर्ता गरेको भन्दै अध्यादेशविरुद्ध सदनमा सशक्त धारणा राख्ने निर्णय गरेको हो ।

बैठकले संसद्को चालु अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा सभामुखले बोल्न समय नदिएकोप्रति आपत्ति जनाउँदै आगामी बैठकको आकस्मिक समयमा बोल्न समय माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै, संसद्मा विचाराधीन विधेयकलाई अध्ययन गर्नका लागि पार्टीको विधेयक अध्ययन समितिलाई सक्रिय बनाउने निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077