Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अध्यादेशविरुद्ध परेका ५१ विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति

अध्यादेशविरुद्ध परेका ५१ विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति

बुधवार , माघ २३, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।

संसद्मा विचाराधीन विधेयक र पेस भएका अध्यादेशका सम्बन्धमा प्रमुख दलका सचेतकसँग सभामुख देवराज घिमिरेले गरेको छलफलका क्रममा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो ।

विभिन्न ६ वटा अध्यादेशविरुद्ध ५१ वटा विरोधका सूचना दर्ता भएका छन् ।

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसा १ बजे बोलाइएको छ। बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077