Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

वडाध्यक्ष शाहलाई एमालेले गर्‍यो साधारण सदस्यबाटै निष्कासित

वडाध्यक्ष शाहलाई एमालेले गर्‍यो साधारण सदस्यबाटै निष्कासित

बुधवार , माघ २३, २०८१

दाङ । नेकपा एमाले दाङले एकजना वडाध्यक्षलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।

बुधबार पार्टी कार्यालय घोराही भरतपुरमा बसको जिल्ला कमिटी बैठकले एमालेबाट निर्वाचित घोराही– ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशित गर्ने निर्णय गरेको हो ।

उनले तीन महिना पहिले सामाजिक सञ्जालमा पार्टीका नीति विपरित मनपरी लेखेका थिए । जिल्ला पार्टीले वडाध्यक्ष शाहलाई लिखित रूपमा स्पष्टीकरण बुझाउन भनेको थियो ।

वडाध्यक्ष शाहले स्पष्टीकरणको बेवास्ता गर्दै आएपछि सदस्यसमेत नरहनेगरी निष्काशित गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077