काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन् ।
सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।
संसदको हिउँदे अधिवेशन सुरु भएको माघ १८ गते अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गरे पनि प्रचण्डले सम्बोधन गरेका थिएनन् ।
आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना रहेको बताइएको छ ।