Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादी केन्द्र सत्ताको खेलमा छैन : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्र सत्ताको खेलमा छैन : अध्यक्ष प्रचण्ड

बिहिवार , माघ २४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले माओवादीदेखि प्रधानमन्त्री केपी शर्मा ओली डराएको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले भने,‘अझै पनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसद्‍मै म फेरि एकपटक दोहोर्‍याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं ।’

आफूहरूको डरले कुर्सी नमिलाउन पनि कांग्रेस एमालेलाई प्रचण्डले आग्रह गरे । उनले आफ्नै बलबुतामा सरकार बनाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077