Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

शेरादरबारमा मेरो संलग्नता छ भने छानबिन गरियोस् : प्रचण्ड

शेरादरबारमा मेरो संलग्नता छ भने छानबिन गरियोस् : प्रचण्ड

बिहिवार , माघ २४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा आफ्नो संलग्नता भए छानबिन गर्न चुनौती दिएका छन्।

प्रतिनिधिसभामा आज सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सरकारलाई उक्त चुनौती दिएका हुन् ।

उनले आफूलाई बदनाम गर्ने हिसाबले शेरादरबार प्रकरण चर्चामा ल्याइएको जिकिर गर्दै छानिबन गर्न सरकारलाई चुनौती दिए।

अध्यक्ष प्रचण्डले भने,‘आज यो सम्मानीत रोष्ट्रममा म भन्न चाहन्छु, शेरादरबारमा मेरो काहीँ कतै संलग्नता छ भने छानबिन गरियोस्। कतै न कतै प्रचण्डलाई त्यसमा जोड्न सकिन्छ कि जोड्न नसकिएपनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले त्यसमा धेरै मेहनत गर्‍यो । प्रधानमन्त्रीजी आफैं लागेको मलाई थाहा छ, सरकार खोजिरहेको छ ।’

प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसको विषयमा चासो दिएको कुरा आफुले थाहा पाएको उनले बताए । उनले सबै नेता उस्तै हुन् भन्ने भाष्य आफूलाई मञ्जुर नभएको समेत बताए ।

उनले बेला बेला क्वान्टोनमेन्टको विषय उठाइने गरिएको भन्दै आफूले छानिबन गर्ने निकायलाई कहिल्यै प्रभावमा पार्न नखोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077