Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रिहा भएपछि रविको प्रतिक्रिया - यो परिवर्तनको प्रसवपीडा हो

रिहा भएपछि रविको प्रतिक्रिया - यो परिवर्तनको प्रसवपीडा हो

बिहिवार , माघ २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताएका छन् ।

जिल्ला अदालत चितवनबाट धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले चितवन देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताए । साथै उनले परिवर्तनका लागि प्रसवपीडा भएको टिप्पणी गरे ।

'चितवनले देशमा परिवर्तन चाहिन्छ भनेर सुरुवात गरेको हो। प्रसवपीडाको बेला आमालाई जस्तो पीडा हुन्छ। त्यस्तै परिवर्तनका लागि भएको प्रसवपीडा हो । परिवर्तन जन्मँदै छ,' उनले भने ।

बिहीबार सकिएको थुनछेक बहसपछि चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077