Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकामा शत प्रतिशत किशोरीले लगाए 'एचपिभी' खोप

चौरपाटी गाउँपालिकामा शत प्रतिशत किशोरीले लगाए 'एचपिभी' खोप

शुक्रवार , माघ २५, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकामा सत प्रतिशत किशोरीहरुलाई निःशुल्क एचपिभी खोप लगाइएको छ ।

मंगलबार सुरु भएको खोप अभियानमा चौरपाटी गाउँपालिकाका सात वटै वडाका एक हजार १५६ किशोरीहरुलाई एचपिभी खोप लगाइएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालय नजाने २८ र विद्यालय जाने ११२८ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एचपिभी खोप लगाइएको छ ।

यही माघ २२ देखि २४ गतेसम्म सात वटै वडाका कक्षा ६ देखि १० सम्मका किशोरीहरु तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभी खोप लगाइएको स्वास्थ्य शाखाका प्रमुख खेम बोगटीले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरु परिचालन गरेर विभिन्न विद्यालयमा पुगेरै किशोरीहरुलाई एचपिभी खोप लगाइएको थियो ।

सरकारले कक्षा ६ देखि १० सम्मका किशोरीहरु तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एचपिभी खोप लगाउन देशैभर अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077