Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

२०८४ सालको निर्वाचन माओवादीकै हुने प्रचण्डको दाबी

२०८४ सालको निर्वाचन माओवादीकै हुने प्रचण्डको दाबी

शनिवार , माघ २६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियापछिका तीनवटा चुनावमा प्रतिस्पर्धा गरिसकेको उल्लेख गर्दै अहिले माओवादी केन्द्र नयाँ संश्लेषणमा प्रवेश गरेको र नयाँ शक्तिका रूपमा देशभर छाएको बताए।

दाहालले २०६४ सालको चुनाव ताका आम नागरिकमा देखिएको उत्साह अहिले फेरि दोहोरिएको दाबी गरे । एकताबद्ध भएर अघि बढेमा २०८४ सालको निर्वाचन माओवादीकै हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077