एजेन्सी । क्यारेबियन देशहरूमा भूकम्पको धक्का महसुस भएको छ ।
केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको बताइएको छ ।
त्यसपछि त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो ।