Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

साइबर अपराध रोक्न विधेयक, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन होइन : शंकर पोखरेल

साइबर अपराध रोक्न विधेयक, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन होइन : शंकर पोखरेल

आइतवार , माघ २७, २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयकबारे भ्रम फैल्याउने काम भएको बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले यस विधेयक साइबर अपराध रोक्न ल्याइए पनि अभिव्यक्ति स्वतन्त्रता रोक्न खोजिएको भन्दै भ्रम फैल्याइएको बताए ।

'विधेयक दर्ता भएको छ नियमनका लागि । दुरुपयोग र साइबर अपराध रोक्नका लागि, विरोध सुरु भएको छ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा । सरकारले न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउन खोजेको छ । नत त्यसो गर्न संविधानले अनुमति नै दिन्छ । न संसद्ले नै त्यो काम गर्नेछ,' उनले भने ।

सोसल मिडियाको नियमन गर्न आवश्यक रहेको उनले बताए । उनले भने,'मूलतः त्यो प्लेट फर्मको दर्ताको आवश्यकता र दुरुपयोग तथा त्यस मार्फत हुने अपराध नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ । साइबर क्राइम इन्टरनेट र सामाजिक संजालको प्रयोगरी गरिने विश्वव्यापी रुपमा स्वीकार गरिएको गम्भीर प्रकृतिको अपराध हो । त्यसको नियन्त्रण आवश्यक मात्र होइन अपरिहार्य विषय हो ।'

विधेयकमा केही अस्पष्टता छन् र सुधार गर्नु पर्ने देखिए संसद्ले सुधार गर्न सक्ने उनले बताए । विगतमा आफैले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका बारेमा आफ्नो मत बाहिर ल्याएका दलहरूले नै यसको विरोध गर्नुलाई उनले अनैतिक कार्यको संज्ञा दिएका छन् ।

उनले भनेका छन्, 'विगतमा आफैले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका वारेमा आफ्नो मत वाहिर ल्याएका दलहरुले नै यसको विरोध गर्नु अनैतिक कार्य हो । यस्ता कुरा प्रति नागरिकहरु सचेत हुनु पर्दछ । अराजकता र अपराधको नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो र हुनु पर्दछ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077