Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

नेपाल समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

नेपाल समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि शुरु हुँदैछ । नेसपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुन लागेको हो ।

मङ्गलबारसम्म चल्ने महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुनेछ ।

त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्सनको माध्यमबाट चयन गर्ने बताइएको छ ।

नेसपाले भारतमा रहने प्रवासी सदस्यहरूलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरेको छ । महाधिवेशनमा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077