काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने बेला नभएको बताएका छन् ।
अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका उनले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताए ।
सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा सञ्चारकर्मीले सोधेको प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यादेशलाई मत विभाजनमा लैजाने बेला नभएको बताएका हुन् ।
संसद्को हिउँदे अधिवेशन सुरू हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरू भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।