Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस एमाले सत्ताका लागि मिलेका हुन्, संविधान संशोधन गर्न हो भने माओवादीसँग छलफल गर्नु पर्दैन ?

कांग्रेस एमाले सत्ताका लागि मिलेका हुन्, संविधान संशोधन गर्न हो भने माओवादीसँग छलफल गर्नु पर्दैन ?

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न नभई सत्ताका लागि एक भएको आरोप लगाएका छन् ।

आइतबार राजधानीमा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले ठूला दुई दलको प्राथमिकता सत्ता नै भएको आरोप लगाएका हुन् ।

उनले भने–‘अहिले पनि तपाईँ संविधान संशोधनका लागि होइन । सत्ताकै लागि सहमति गरेको हो । संविधान बनाउन खोजेको भए ६ महिनामा केही गर्नुभएन । ६ महिना शासन गरेपछि २०८७ मा संविधान संशोधन गर्ने भन्न थाल्नुभयो ।’

कांग्रेस र एमालेले संविधानको अभिन्न अङ्ग रहेको वृहत् शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग कुनै छलफल नगरेकोप्रति आपत्ति जनाएका उनले संविधाने संशोधन गर्ने हो भने शान्ति सम्झौताका एक मुख्य घटक माओवादीसँग छलफल गर्नुपर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077