Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादी युद्धले देशको विकास पछाडि पर्‍यो, खर्बौको नोक्सानी भयो : सांसद गिरी

माओवादी युद्धले देशको विकास पछाडि पर्‍यो, खर्बौको नोक्सानी भयो : सांसद गिरी

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले माओवादी युद्धले देश विकास पछाडि परेको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले माओवादीको युद्धले देश विकास पछाडि परेको र खर्बौको नोक्सानी भएको बताए ।

गिरीले भने,‘युद्धको तुवालो नमडारिएको भए, युद्धको आगो नबलेको भए, यो मुलुकले खर्बौं रुपैयाँको आर्थिक नोक्सानी बेहोर्नुपर्ने थिएन । खर्बौको पूर्वाधारको नोक्सानी बेहोर्नुपर्ने थिएन । त्यहि कारण यो देश आज ५० वर्ष पछाडि धकेलिएको छ । हामी आज गरिबीबाट गुज्रनु परेको छ । अल्पविकसित देश बनेको छ ।’

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले तथ्यलाई बङ्ग्याएर संसदको रोष्टमबाट भ्रमको तुवालो छर्ने काम गरेको पनि उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077