Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादीले बनायो नवप्रवेशीलाई वैकल्पिक केन्द्रीय सदस्य

माओवादीले बनायो नवप्रवेशीलाई वैकल्पिक केन्द्रीय सदस्य

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सात जना वैकल्पिक केन्द्रीय सदस्य थपेको छ।

गत माघ २१ गते बसेको पार्टी पदाधिकारी बैठकले कोशी प्रदेशबाट झापाका वीरेन्द्र बस्नेतलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।

यस्तै म्याग्दीका रेशम जुग्जाली मगर, बाग्लुङका धनबहादुर बिक र तनहुँका मदन आले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाबाट जोडिएका चितवनका कृष्णराज न्यौपाने, चितवनकै बद्री तिमिल्सिना र बाग्लुङका खगेन्द्र छन्त्याललाई वैकल्पिक केन्द्रीय सदस्य तथा चितवनका अरूण पीडित भण्डारीलाई केन्द्रीय आयोग सदस्यमा जिम्मा दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077