Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयक प्रतिनिधि सभामा पेस

नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयक प्रतिनिधि सभामा पेस

आइतवार , माघ २७, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभा बैठकमा तीन वटा विधेयक पेस गरेका छन् ।

गृहमन्त्री लेखकले 'नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१', 'नेपाल प्रहरी विधेयक, २०८१' र 'सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१' बैठकमा पेस गरेका हुन् ।

नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेशसहितको विषयलाई सम्बोधन गरी 'नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१' संसदमा पेस भएको छ।

यस्तै 'नेपाल प्रहरी विधेयक, २०८१' ले प्रहरी ऐन, २०१२ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ।

यसैगरी 'सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१' ले पनि सशस्त्र प्रहरी ऐन, २०५८ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077